संखुवासभाको कासुवाखोलामा माछा मार्न गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ।
मकालु -३ उलिङका ४५ वर्षीय जापान राईको माछा मार्ने क्रममा ढुंगामा पछारिँदै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुंगामा चिप्लिएर लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो।
राईको शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल लगिँदैछ। राईसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछसहितका थप अनुसन्धान अघि बढाएको छ।
3
Shares

प्रतिक्रिया