फिल्म ‘अभिमन्यु: च्याप्टर-१’ को ट्रेलर सार्वजनिक भएको छ। क्राइम थ्रिलर यस फिल्मले मुख्य पात्रले परिवारको खुसी र रक्षा गर्न गरेको लिएको निर्णय र संघर्षको कथा भन्छ।
फिल्मको ट्रेलर मुख्य पात्र कामेश्वर चौरासिया वरिपरि घुमेको छ। उनी यस फिल्ममा पहिलोपल्ट मुख्य भूमिकामा देखिएका छन्। आफ्नो परिवारको लागि उनी अपराधीसम्म बन्न बाध्य भएको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ।
उनीसहित लक्ष्मी बर्देवा, शिशिर बाङ्देल, सरिता गिरी, गौमाया गुरुङ लगायतका कलाकार अटाएका छन्।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको यस फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाको लगायतको अभिनय छ। जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्ममा शरद महतोको डिओपी रहेको छ। यो फिल्म भदौ २७ गतेबाट रिलिज हुँदैछ। हिन्दी भर्सन असोज ६ गतेबाट वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए।
Shares

प्रतिक्रिया