कला


नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि हलमा

नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि हलमा

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १२:३४, काठमाडौँ

नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ। सन्तोषजनक शो पाएको यो फिल्म आजदेखि देशभरिका हलमा लागेको हो। 

समुन्द्र भट्टको निर्देशन रहेको यो फिल्म  लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ। यस फिल्ममा नाजिर हुसेनको मुख्य भूमिका छ। उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। 

नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ। 

चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मका काम हलिउड शैलीमा बाहिरै गरिएको छ। 

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन्। हलिउड चलचित्र ‘ग्ल्याडिएटर-२’ मा लिजाले स्वर दिएकी थिइन्। 

यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो।

चलचित्रमा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्। 

आलोक शुक्लाले खिचेको यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad