आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘आ बाट आमा’ को शुभ मुहूर्त गरिएको छ। बिहीबार तनहुँको गलेश्वर मन्दिरमा विधिवत् करिब २ सय जना बटुकहरुले हवनसहित पूजाआर्चना गरी फिल्मको मुहूर्त गरेका थिए।
मुहूर्त कार्यक्रममा प्रदीप रावतसहित गजित बिष्ट,सिम्रन पन्त, माओत्से गुरुङ लगायतको उपस्थिति थियो।
फिल्ममा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायत मुख्य भूमिकामा देखिनेछन्। ‘आ बाट आमा’ ले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा बोकेको निर्माण पक्षको भनाइ छ।
यो फिल्म २०८२ फागुन १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। निर्माण पक्षका अनुसार फिल्मको विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्यान्डमा बिक्री भइसकेको छ। ती देशका लागि वितरण अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको छ भने नेपालमा आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ।
63
Shares

प्रतिक्रिया