राजनीति


मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत

शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक।


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १२:५५, काठमाडौँ

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ सम्म गर्ने चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालखबरलाई जानकारी दिए। 

ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्दै छन्।

यस क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन्। 

त्यस्तै उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने तय भएको छ।

ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित 'एससीओ प्लस समिट'लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन्।

जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेडमा पनि प्रधानमन्त्री सहभागी हुनेछन्।

प्रधानमन्त्रीको टोलीमा श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत रहनेछन्। 

प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad