कला


आक्रामक प्रचारमा ‘हरिबहादुरको जुत्ता’, ठाउँ-ठाउँमा होर्डिङ बोर्ड र पोस्टर

आक्रामक प्रचारमा ‘हरिबहादुरको जुत्ता’, ठाउँ-ठाउँमा होर्डिङ बोर्ड र पोस्टर

नेपालखबर
भदौ १५, २०८२ आइतबार १७:३७, काठमाडौँ

असोज १३ गते फुलपातीबाट रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ। टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्टिकर, पोस्टर र कटआउट राख्दै फिल्मको प्रचार सुरू गरेको हो।

निर्माता सरोज ओलीका अनुसार काठमाडौँ उपत्यकासहित देशभरका सहर पाेखरा, चितवन, बुटवल, नेपालगन्ज, मकवानपुर, जनकपुर, विराटनगर इटहरीसहित सर्वसाधारणको भिड हुने स्थानहरुमा फिल्मको जानकारीमुलक सामाग्री राखिएको छ।

काठमाडौँ उपत्यकामा मात्रै २७ वटा र पोखरामा मात्रै ८ वटा बस बिसौनीमा फिल्मको बोर्ड राखिएको छ। अन्य देशभरका करिब ३ सय बस बिसौनीमा स्टिकर टाँसिएको छ।

निर्माता ओलीका अनुसार देशभरका २७ वटा भाटभटेनी सुपरमार्केटमा फिल्मको स्ट्यान्डी राखिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, साँगा, चन्द्रागिरी, मनकामना लगायतका स्थानमा ठूलो होेर्डिङ बोर्ड राखिएको छ।

देशभरका अधिकांश ठूला मलहरुमा फिल्मको कटआउट राखिएको छ भने काठमाडौँमा अधिकांश लोकल बसमा फिल्मको स्टिकर टाँसिएको देख्न सकिन्छ।

‘टिभी सिरियलमा निकै रुचाइएको हरिबहादुर पात्र अब फिल्ममा थप रुपान्तरणसहित सस्पेन्स र मनोरञ्जनात्मक कथा बोकेर ठूलो पर्दामा आउँदैछ भन्ने जानकारी दर्शकलाई होस् भनेर हामीले देशभर यस्तो प्रचार शैली अपनाएका हौँ,’ निर्माता ओलीले भने।

गत सातामात्रै यो फिल्मको टिजर सार्वजनिक भइसकेको छ। हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ।

सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर, जसले अरुलाई मात्रै रुवाउँथ्यो, फिल्ममा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ। निर्देशक दीपेन्द्र के खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभास टिजरले दिन्छ।

यस फिल्ममा हरिवंश आचार्यसहित, प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दीनेश
काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad