गायक यश कुमारले नयाँ गीत ‘हल्का हल्का’ ल्याएका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल फिल्मको रुपमा तयार पारिएको गीतको भिडिओ सार्वजनिक गरिएको हो।
निर्देशक घिमिरेले आफु गायक यश कुमारको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए। ‘म पनि धेरै समयपछि नेपाली सिनेमाको निर्देशनमा कमव्याक गर्दैछु । त्यसका लागि पनि मैले आजको कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको अनुभव पाएको छुँ। यो गीतकी गायिका स्मिता दार्जिलिङको कालिङपोङ्गबाट काठमाडौं आएर गायनमा जमेको देख्दा खुसी लाग्यो। उहाँको भविष्य उज्वल देखेको छु।’
गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतको एरेञ्ज र मिक्सिङ्ग देवेस राईले गरेका हुन्। यो गीतको भिडिओमा पनि यश र स्मिता नै मुख्य भूमिकामा देखिएका छन्। यशकुमार निर्देशित गीतको भिडिओमा राजेज घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ।
264
Shares

प्रतिक्रिया