कला


‘सैयारा’ बाट चर्चामा आएकी अभिनेत्री अनित पड्डा नेपालमा

‘सैयारा’ बाट चर्चामा आएकी अभिनेत्री अनित पड्डा नेपालमा

नेपालखबर
भदौ १८, २०८२ बुधबार ११:४९, काठमाडौँ

सुपरहिट भारतीय फिल्म ‘सैयारा’ बाट चर्चामा रहेकी अभिनेत्री अनित पड्डा नेपाल आएकी छन्। उनी र अभिनेत्री ल्हाक्यिला नेपाल आएकी हुन्। 

यी दुईले चर्चित वेब सिरिज ‘ब्याड गल्र्स डोन्ट क्राई’ मा एकसाथ काम गरेका थिए। ल्हाक्यिलाले आफ्नो इन्स्टाग्राममार्फत नेपाल भ्रमणका तस्विर र भिडियोहरू सार्वजनिक गरेकी छिन्।

सोमबार इन्स्टाग्राममा सेयर गरेका तस्बिरहरूमा उनीहरू काठमाडौँको बुद्ध स्तूपाको पृष्ठभूमीमा अँगालो हालेर पोज दिएका देखिन्छन्। नेपालका सडकहरूमा घुम्दै र किनमेल गर्दै रमाइलो गरिरहेको तस्बिर समेत देख्न सकिन्छ।

उनीहरूको पुनर्मिलनमा खुसी व्यक्त गरेका छन्। धेरैले ‘बिग गल्र्स डोन्ट क्राई’ को दोस्रो सिजनको प्रतिक्षा गरिरहेको पनि बताएका छन्। अनितसहित फिल्म ‘सैयारा’ मा अहान पाण्डेको मुख्य भूमिका रहेको यस फिल्मले विश्वव्यापी रूपमा ५६९.७५ करोड भारू कमाएको छ।

नेपालमा पनि फिल्मले राम्रो कमाइ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad