आगामी शुक्रबार (भदौ २० )बाट प्रदर्शन हुने फिल्म ‘रिमै’को दोस्रो गीत सार्वजनिक भएको छ।
‘छुटिसकेको रिमै’को बोलको गीतको भिडिओ सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा गायक थानेश्वर गौतम र शारदा रसाइलीको स्वर सुन्न सकिन्छ। कवि श्रवण मुकारुङको शब्द रहेको गीतमा थानेश्वरले नै संगीत भरेका छन्। नारायण दंगलले संगीत संयोजन गरेका छन्।
गीतको भिडिओमा मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन्। यसअघि सार्वजनिक गीत, पोस्टर, टिजर तथा ट्रेलरले दर्शकमाझ राम्रो हाइप पाइसकेका छन्।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन्। वीरबल घले कार्यकारी निर्माता रहेको सिनेमामा टीका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन्।
खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी गुरुङको सम्पादन रहेको छ।
Shares

प्रतिक्रिया