सौगात मल्लको मुख्य भूमिकामा फिल्म ‘जुबा’ बन्ने भएको छ। निर्माणटिमले पोस्टर सार्वजनिक गर्दैं फिल्म निर्माणको घोषणा गरेका हुन्।
अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्ममा प्रकाश कर्णको लेखन तथा निर्देशन रहनेछ। चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोड्युसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन्।
रक क्यास्टर स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ। एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन् । उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका छन्।
अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन् । चुरोट तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको छ ।
चलचिको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन ।
Shares

प्रतिक्रिया