निर्देशक कृषा चौलागाईंको निर्देशनमा फिल्म ‘पारस’को बन्ने भएको छ।
बुधबार जन्मदिनको अवसर पारेर उनले उक्त फिल्म निर्माणको घोषणा गरेका हुन्।
निर्देशनसहित फिल्मको कथा पनि कृषाकै हुनेछ।
उनकै भाइ विशाल चौलागाईंको लगानीमा बन्ने फिल्म सचिन लदियाले लेखेका हुन्।
निर्माण पक्षले फिल्मको डीओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ।
यसअघि कृषा र पुरुषोत्तमले ‘ऐँचो पैँचो’र ‘पिताम्बर’मा सहकार्य गरेका थिए। यो उनीहरूको तेस्रो सहकार्य हो।
निर्माता विशालको पनि यो टिमसँग तेस्रो नै सहकार्य हो।
केपी फिल्मस्को ब्यानरमा बन्ने यो फिल्म फागुनदेखि छायांकनमा जानेछ।
बुधबार साँझ कालोपुलनजिक रहेको एक पार्टी प्यालेसमा फिल्म घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सनका साथै लभ स्टोरी हुने बताइन्।
‘पारसको बारेमा भन्नुपर्दा पहिलोपटक नेपालमा आएर सचिन लदिया लेखन कार्य सुरु भएको छ,‘निर्देशक कृषाले फिल्मको बारेमा जानकारी दिँदै भनिन्,‘यही हो- अहिले जानकारी दिन मिल्ने। पछि भेट्ने फेरि बहानै हुँदैन।’
यो फिल्मको कलाकार तथा अन्य प्राविधिक पक्षबारे बिस्तारै जानकारी दिइने निर्देशक कृषाले बताइन्।
उनले थपिन्,‘यो फिल्मलाई पुरुषोत्तम दाईले खिच्दै हुनुहुन्छ। मैले निर्देशन गर्दैछु।’
निर्माता विशाल चौलागाईंले दिदीको जन्मदिनमा फिल्म निर्माणको गर्ने योजना बनाएको बताए। साथै उनले पिताम्बरमा भएका गल्ती यसमा सुधारिने बताए।
‘अघिल्लो वर्ष हामीले उहाँ (कृषा)लाई गिफ्ट नै दिएको हो। उहाँको सुटिङ हुँदा हुँदै पनि हामीले सेलेब्रेट गरेका थियौँ,’ निर्माता विशालले भने, ‘सबैलाई थाहै छ- कस्तो भाको थियो भन्ने।’
निर्माण पक्षले यो फिल्मको रिलिज घोषणा भने गरेको छैन। कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐँचोपैँचो’हो। जुन समीक्षात्मक हिसाबले सफल मानिएको थियो।
Shares

प्रतिक्रिया