बेलायमा हुने भनिएको इन्टरनेसनल नेपाली फिल्म अवार्ड ‘इन्फा अवार्ड २०२५’ रोकिएको छ। जेनजी आन्दोलनको कारण १३ सेप्टेम्बर २०२५ मा आयोजना हुने भनिएको कार्यक्रमको मिति सारिएको हो।
आयोजकले एक विज्ञप्ति निकाल्दै मिति सार्दै यो कार्यक्रम अब नोभेम्बर १, २०२५ मा हुने उल्लेख गरेको छ।
आन्दोलनका क्रममा सरकारले गरेको दमन, बल प्रयोग र धरपकडका कारण १९ नागरिकको ज्यान गइसकेको र सयौं युवा घाइते भएको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ।
नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र कलाकारको योगदानलाई सम्मान गर्ने उद्देश्य रहेको यसवर्षको अवार्ड २६ विधामा वितरण गरिनेछ।

प्रतिक्रिया