कला


जेनजी आन्दोलनले सिनेमाहलमा कति पुग्यो क्षति?

जेनजी आन्दोलनले सिनेमाहलमा कति पुग्यो क्षति?

आगजनीबाट ध्वस्त विराटनगरस्थित भाटभटेनी र क्यूएफएक्स सिनेमा हल।


नेपालखबर
भदौ २९, २०८२ आइतबार १३:४५, काठमाडौँ

जेनजी आन्दोलनका कारण सिनेमाहलमा समेत क्षति पुगेको छ। गत २३ र २४ गते भएको यस आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट देशभरिका पाँचवटा हलमा क्षति पुगेको नेपाल चलचित्र संघले जनाएको छ। 

जसअनुसार सिनेमाहलमा १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। चलचित्र संघले जेनजी आन्दोलनका क्रममा देशभरका चलचित्र घरमा पुगेको क्षतिको विवरण संकलन गरिरहेको छ। अहिले नेपालभर १६५ सिनेमाहलहरू सञ्चालनमा छन्।

चलचित्र संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाका अनुसार सबैभन्दा बढी क्षति विराटनगरस्थित भाटभटेनीमा रहेको क्यूएफएक्समा पुगेको छ। भवन पूर्णरूपमा जल्दा त्यसभित्र रहेको सबै दुइवटा स्क्रिन र सिटहरू पूर्णरूपमा ध्वस्त भएका छन्। त्यहाँभित्र रहेको हललाई मात्र १५ करोड रुपैयाँको क्षति पुगेको उनले सुनाए।

त्यसैगरि, गोंगबुस्थित ल्होत्से मलको भुइँतलामा रहेको आइएनआईको मल्टिप्लेक्सको टिकट काउन्टरको बुथमा गरिएको आगजनी र तोडफोडले क्षति पुगेको छ। आगजनीले ६ तलामाथि रहेको हलको उपकरणमा असर परेको छ।

क्यूएफएक्सकै भक्तपुर र बुटवलका हलको बाहिर रहेका टिकट काउन्टर पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ। त्यसैगरि, माछापोखरीमा रहेको अष्ट्रनारायण हलको सिसाहरू पनि आन्दोलनकारीहरूले फुटाएका छन्।

‘देशभरिका चारपाँच हलहरूमा क्षति पुगेको छ। जसमध्ये बिराटनगरको हल पूर्णरूपमा नष्ट भएको छ। जसको लगानी मात्रै १५ करोड थियो। सबै गरेर यस आन्दोलनका कारण १७ करोड नोक्सानी भएको छ, ’उनले भने।

शनिबारबाट उपत्यकामा लागू गरिएको कर्फ्यु र निषेधाज्ञा हटिसकेको छ। यस्तोमा हल कहिले खुलाउने भन्नेबारे संघले आज छलफल गरिरहेको छ।

उनले भने, ‘हलहरू खोल्नेबारेमा अहिले संघमा छलफल चलिरहेको छ। एकघण्टामा यसबारे निर्णय आउँछ। सम्भवत: भोलिबाट हल खुल्छ कि!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad