नेटफ्लिक्सको मिनी-सिरिज एडोलेसन्सबाट पहिचान बनाएका १५ वर्षीय ओवेन कुपरले इतिहास रचेका छन्। उनी एमी अवार्ड जित्ने सबैभन्दा कान्छा अभिनेता बनेका छन्।
कुपरले नाटक शृंखलामा मुख्य अभिनेताको अवार्ड प्राप्त गरेका हुन्। यति सानो उमेरमा कुनै कलाकारले यो सम्मान पाएको यो पहिलोपटक हो।
एमी अवार्ड प्राप्त गरेपछि कुपरले भने, ‘जब मैले नाटक कक्षा सुरु गरेँ, तब मैले अमेरिका आउन सक्ने आशा पनि गरेको थिइनँ, यो (एमी) त झन् छँदै थिएन।’
पुरस्कार प्राप्त गरेपछि ओवेन कुपरले यो पुरस्कारले आफ्ना लागि धेरै अर्थ राख्ने बताए।
एडोलसेन्स चार-एपिसोडको नेटफ्लिक्स शृंखला हो, जसमा स्टिफन ग्राहमले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
यस शृंखलाको प्रत्येक दृश्य एकै सटमा छायांकन गरिएको छ। शृंखलाका निर्देशक फिलिप बारान्टिनी हुन्।
54
Shares

प्रतिक्रिया