कला


तोकियो ‘जारी २’ को प्रदर्शन मिति

तोकियो ‘जारी २’ को प्रदर्शन मिति

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १८:३३, काठमाडौँ

फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति तोकिएको छ। जेनजी पुस्ताको आन्दोलनका कारण सरेको यो फिल्म अब कार्तिक ६ गते भाइटिकामा प्रदर्शन हुनेछ। 

यसअघि यो फिल्म असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा थियो। तर, निर्माणटिमले जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण देखाउँदै रिलिज पोस्टपोन्ड गरेका थिए। 

 निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको छ। कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको हो। 

दुई पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ। यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बू पहिरनमा खुसी मुद्रामा देख्न सकिन्छ ।

दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ। सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ। सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरु रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन्। यस फिल्ममा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय  छ।

कवि सुब्बाको डेब्यु निर्देशकीय सिनेमा ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो। सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ।

 

--

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad