चर्को विवादपछि नेपाल छनोट समितिले फिल्म ‘अञ्जिला’ लाई अस्कर अवार्डका लागि सिफारिस गरेको निर्णय स्थगित गरेको छ। शनिबार बसेको समितिको बैठकपछि निर्णय स्थगित गरिएको समितिका अध्यक्ष विमल पौडेलले जानकारी दिए।
केही दिनको म्याद दिएर पुनः आवेदन माग गरिने पौडलले बताए। ‘धेरै सोचविचार र छलफलपछि अघिल्लो निर्णय स्थगित गरिएको छ। अब पुनः आवेदन मागेर छुटेका फिल्मलाई पनि समेट्ने तयारी छ। अब पाँचदिन समय थप गरेर आवेदन आह्वान गरिनेछ,’उनले भने।
गत बिहिबार अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले नेपालबाट ‘अञ्जिला’ पठाउने निर्णय गरेको थियो। तर, छनोट समितिको निर्णय त्रुटिपूर्ण रहेको बताउँदै चलचित्रकर्मीहरूले चर्को आवाज उठाएका थिए। छनोट समितिले फिल्मकर्मीलाई आवेदनबारे जानकारी नदिई अस्कर मापदण्डविपरित निर्णय गरेको भन्दै विरोध गरेका थिए।
यसअघि हेरिएका दुई फिल्म अञ्जिला र गुन्युचोलो बाहेकका फिल्मलाई आवेदन मागेर पुनः हेरिने उनको भनाई छ।
Shares

प्रतिक्रिया