फिल्म ‘परिवर्तन’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गर्दै आगामी माघ ९ (जनवरी २३) बाट प्रदर्शन हुने जनाएको छ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को छ। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ। सस्पेन्स र एक्सन मिश्रित फिल्मको कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको छ।
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा एक्सन निर्देशन श्री श्रेष्ठले गरेका छन्। निर्देशक विजय केरुङले निर्देशन गरेको यो फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ।
फिल्ममा सुशीलसहित अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतको मुख्य भूमिका छ। यस फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन्।
Shares

प्रतिक्रिया