कला


फिल्म ‘जवान’का लागि शाहरुख खानले पाए सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार

फिल्म ‘जवान’का लागि शाहरुख खानले पाए सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार

राष्ट्रपति द्रौपदी मुर्मुबाट सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार ग्रहण गर्दै शाहरुख खान।


नेपालखबर
असोज ७, २०८२ मंगलबार १९:४४, काठमाडौँ

अभिनेता शाहरुख खानले फिल्म ‘जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई यो पुरस्कार प्रदान गरेकी हुन्। 

विक्रान्त मेस्सीले पनि शाहरुख खानसँगै सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे।

७१औँ राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा गत महिना अगस्टमै गरिएको थियो। 

सोअनुरूप मंगलबार नयाँ दिल्लीको विज्ञान भवनमा समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको हो। 

यी पुरस्कार २०२३ मा रिलिज भएका चलचित्रहरूका आधारमा प्रदान गरिएको हो।

शाहरुख खान, रानी मुखर्जी र विक्रान्त मेस्सी तीनै जनाले पहिलोपटक राष्ट्रिय चलचित्र पुरस्कार पाएका हुन्।

विजेताहरूको सूची:

सर्वश्रेष्ठ फिचर फिल्म - १२वीं फेल (१२औँ फेल)

सर्वश्रेष्ठ निर्देशन - सुदीप्तो सेन (द केरल स्टोरी)

सर्वश्रेष्ठ अभिनेता - शाहरुख खान (जवान), विक्रान्त मेस्सी (१२वीं फेल)

सर्वश्रेष्ठ अभिनेत्री - रानी मुखर्जी (श्रीमती चटर्जी भर्सेस नर्वे)

सर्वश्रेष्ठ हिन्दी फिल्म - कटहल

सर्वश्रेष्ठ लोकप्रिय मनोरञ्जन फिल्म - रकी और रानी की प्रेम कहानी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad