कला


आसामी गायक जुबिन गर्गको मृत्यु प्रकरणमा डीएसपी रहेका उनकै काकाका छोरा पक्राउ

आसामी गायक जुबिन गर्गको मृत्यु प्रकरणमा डीएसपी रहेका उनकै काकाका छोरा पक्राउ

डीएसपी सन्दीपन गर्ग र आसामी गायक जुबिन गर्ग


नेपालखबर
असोज २२, २०८२ बुधबार १४:२४, काठमाडौँ

प्रसिद्ध आसामी गायक जुबिन गर्गको मृत्यु प्रकरणमा प्रहरीले उनकै काकाका छोरा सन्दीपन गर्गलाई पक्राउ गरेको छ। जो आसाम प्रहरी सेवाका उपाधीक्षक (डीएसपी) हुन्। 

बीबीसी हिन्दीका अनुसार विशेष अनुसन्धान टोली (एसआईटी) ले डीएसपी सन्दीपनलाई सोधपुछका लागि बुधबार बिहान सीआईडी ​​मुख्यालय बोलाएर नियन्त्रणमा लिएको हो।

जुबिन गर्गको मृत्युको अनुसन्धान गर्ने एसआईटीका प्रमुख विशेष डीजीपी एमपी गुप्ताले सन्दीपन पक्राउको पुष्टि गरेका छन्। 

उनले भनेका छन्, ‘हाम्रो टोलीले जुबिन गर्गको मृत्युको अनुसन्धानका क्रममा उनलाई निरन्तर सोधपुछ गरिरहेको थियो र बुधबार बिहान पक्राउ गरिएको छ।’

गत सेप्टेम्बर १९ मा सिंगापुरमा जुबिन गर्गको मृत्यु हुनुअघि सन्दीपन उनीसँग समुद्र तटको यात्रामा रहेको बताइएको छ।

सिंगापुरको एक मेडिकल रिपोर्टले जुबिन गर्गको मृत्युको कारण डुबेर भएको बताएको छ। यस प्रकरणमा हालसम्म प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ। 

यसअघि जुबिन गर्गसँग सम्बन्धित दुई निजी सुरक्षा अधिकारी (पीएसओ) लाई मंगलबार निलम्बन गरिएको छ। किनभने उनीहरूको बैंक खातामा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भेटिएको छ। 

मुख्यमन्त्री हिमन्त विश्व शर्माले प्रवर्तन निर्देशनालय र आयकर विभागलाई जुबिन गर्गको मृत्युको वित्तीय पक्षको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad