कला


मुम्बईमा रानी मुखर्जीसँग फिल्म हेरे बेलायतका प्रधानमन्त्रीले

मुम्बईमा रानी मुखर्जीसँग फिल्म हेरे बेलायतका प्रधानमन्त्रीले

बलिउड अभिनेत्री रानी मुखर्जी र सीईओ अक्षय विधानीसँग फिल्म हेर्दै स्टारमर।


नेपालखबर
असोज २२, २०८२ बुधबार १९:२१, काठमाडौँ

बेलायतका प्रधानमन्त्री कियर स्टारमरले बुधबार मुम्बईमा बलिउड अभिनेत्री रानी मुखर्जीसँग फिल्म हेरेका छन्। उनले यशराज स्टुडिओको भ्रमण गरे र सीईओ अक्षय विधानीसँग पनि भेट गरे। उनले कुन फिल्म हेरे भन्ने जानकारीचाहिँ अहिलेसम्म आइसकेको भएको छैन।

फिल्म हेरेपछि स्टारमरले बलिउड अभिनेत्री रानी मुखर्जीसँग फोटो खिचाए।

दैनिक भास्करका अनुसार स्टारमर आजै मुम्बई आइपुगेका हुन्। २०२४ मा प्रधानमन्त्री बनेपछि यो उनको पहिलो भारत भ्रमण हो।

उनीसँगै व्यापार, संस्कृति र अन्य क्षेत्रका १०० भन्दा बढी व्यक्तिको प्रतिनिधिमण्डल छ, जसमा आईटी र अटोमोबाइल लगायत विभिन्न क्षेत्रका व्यापारिक नेता छन्।

यशराज फिल्म्स (वाईआरएफ) ले २०२६ देखि युनाइटेड किंगडम (यूके) मा आफ्ना तीन प्रमुख फिल्म छायांकन गर्ने बताएको छ। बेलायतका प्रधानमन्त्रीले यो कदमले बेलायतमा ३ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने बताए।

प्रधानमन्त्री स्टारमरले भने, ‘बलिउड बेलायतमा फर्कंदै छ। यो साझेदारीले भारत-बेलायत व्यापार सम्झौताको वास्तविक उद्देश्य पूरा गर्छ।’

यशराज फिल्म्सका सीईओ अक्षय विधानीले भने, ‘बेलायत सधैँ हाम्रा लागि धेरै विशेष छ। हाम्रो सबैभन्दा ठूलो फिल्म, दिलवाले दुल्हनिया ले जायेंगे त्यहाँ छायांकन गरिएको थियो। प्रधानमन्त्री कियर स्टारमरले हाम्रो स्टुडिओको भ्रमण गर्दा र यो साझेदारीमा हस्ताक्षर गर्न पाउँदा हामीले सम्मान महसुस गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad