विक्की अग्रवालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ। बिहान शुभमुर्हुत गर्दैपर्वतको भूकदेउरालीबाट सुटिङ सुरू गरिएको हो।
३५ दिने सेड्युल रहेको फिल्मको छायांकन २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु खिँचिनेछ। त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अग्रवालले जानकारी दिए।
साथै अभिनेत्री गौरी मल्ल केहिदिनमा पुग्ने फिल्मकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन्। प्रसाईंका अनुसार आजैबाट छायांकन सुरु भएको छ। अन्य केहि कलाकार बिचमा जोडिदै जानेछन् ।
यस्तै फिल्ममा स्क्रिन प्लेपनि बिक्की कै रहेको छ भने बिश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रुपमा रहेका छन्। फिल्मको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन् । फिल्मको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन् ।
Shares

प्रतिक्रिया