कला


कृशाको निर्देशनमा बनेको सर्टफिल्म ‘ऐना’ तिहारमा रिलिज हुने

कृशाको निर्देशनमा बनेको सर्टफिल्म ‘ऐना’ तिहारमा रिलिज हुने

नेपालखबर
असोज २४, २०८२ शुक्रबार ११:३६, काठमाडौँ

कृशा चौलागाईंले निर्देशन रहेको छोटो चलचित्र ‘ऐना’ यस वर्षको तिहारमा रिलिज हुने भएको छ। युएनए डिजिटल युट्युब च्यानलमार्फत उत्त चलचित्र सार्वजनिक गर्न लागेको निर्माण टिमले जनाएको छ। 

केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस चलचित्रको मुख्य भाव ‘जीवनको प्रतिबिम्ब’ रहेको निर्देशक चौलागाईले बताइन। उनले भनिन्,‘ऐना केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो। प्रत्येक अनुहार र प्रत्येक क्षणमा एउटा कथा लुकेको हुन्छ — यही नै यस चलचित्रको सार हो।’

यस फिल्मले तिहारको उज्यालो, आत्मचिन्तन र माया–संबन्धको गहिरो भावनालाई कलात्मक ढङ्गमा चित्रण गरेको बताइएको छ। चलचित्रले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने प्रयास गरेको छ।


फिल्ममा भोलाराज सापकोटा र सरिता गिरीको अभिनय छ।  चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्। केपी फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो र युएनए डिजिटलमार्फत विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ।


निर्देशक चौलागाईंले यसअघि ‘पिताम्बर’, ‘ऐन्चो पैंचो’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad