कला


‘जेरी अन टप’को ट्रेलर सार्वजनिक

‘जेरी अन टप’को ट्रेलर सार्वजनिक

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १५:५३, काठमाडौँ

असोज ३१ गतेबाट प्रदर्शन हुने फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै ललितपुरमास्थित लबिम मलमा रहेको क्युएफएक्स हलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो।

झन्डै चार मिनेट लामो ट्रेलर सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथा वरिपरि घुमेको छ्। एडभेन्चर लभस्टोरी ‘जेरी अन टप’ मुख्य कलाकार अनमोल केसीसहित आँचल शर्मा र जसिता गुरुङसँगको प्रेममा आउने उतारचढावलाई देखाइएको छ। ट्रेलरमा भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी समेत अटाएका छ्न्। 

बच्चैदेखि हरेक खेलमा हराएका पितालाई जितेर देखाउन सगरमाथा चढ्ने संकल्प बोकेको जेरीले आरोहणको क्रममा भोग्ने कठिनाइ र चुनौतीलाई ट्रेलरमा देखाइएको छ। 

यो अनमोलको ‘फर्की फर्की’ पछिको फिल्म हो। उनी १६ महिनापछि पर्दामा देखिन लागेका कारण पनि ‘जेरी अन टप’ थप चर्चामा छ। तर, बिरामी भएका कारण ट्रेलर रिलिज कार्यक्रममा अनमोल उपस्थित हुन सकेनन्।

अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ सुयोग गुरूङले निर्देशन गरेका हुन्। सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा न्यौपानेसँग भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गरेका छन्। हेमराज बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाको लेखेका हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad