कला


पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १७:४३, काठमाडौँ

साहित्यकार डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ।

कथामा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्यमान्यवता, मानवताको ह्रास, राजनीतिक विक्रृति, विसङ्गति, समाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरुको उठान गरिएका छन्।

कल्पनाभन्दा बढी भोगाई, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यंग्यात्मक प्रहार गरिएका कथाहरुमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटाहरू समाविष्ट छन्।

एक्काइस वटा कथाहरु समेटिएको कथा सङ्ग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो। पोखरलेको यो नवौँ कृति र दोस्रो कथा सङ्ग्रह हो। यसअगाडि पोखरेलको धोको (२०५६) प्रकाशित भएको थियो।

कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका पोखरेल राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता समेत हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad