‘वरिष्ठ बलराम’ भाइटिकाको अवसरमा कात्तिक ६ गतेबाट रिलिज हुँदैछ। यस फिल्ममा दयाहाङ राई, विजय बरालसँगै समृद्धि अर्याल मुख्य भूमिकामा छिन्। ‘फर्की फर्की’ बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेकी समृद्धि यस फिल्ममा पहिलोपल्ट मुख्य भूमिकामा देखिँदैछिन्।
अर्यालले आफू चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताइन्। आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनको भनाइ छ।
विजय बरालको अपोजिटमा रहेकी उनले सिनेमामा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको सुनाइन्। ‘विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो,’ उनले भनिन्, ‘मेरा लागि यो चलतित्र सिक्ने मौका बन्यो।’
‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।
आफ्नो सिने करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले सहयोग गर्ने उनको भनाइ छ ।
सुरेन्द्र पौडेल निर्देशित यस फिल्ममा दयाहाङ, विजय र समृद्धिसहित पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
Shares

प्रतिक्रिया