कला


बालेनको कवितामा किसानलाई ‘फोहोरी’को संज्ञा दिएपछि आलोचना

बालेनको कवितामा किसानलाई ‘फोहोरी’को संज्ञा दिएपछि आलोचना

नेपालखबर
असोज २८, २०८२ मंगलबार ८:३५, काठमाडौँ

आफूविरुद्ध एकपछि अर्को राजनीतिक दलका विद्यार्थी संगठनले प्रहरी कार्यालयमा जाहेरी दिइरहँदा पनि मौन काठमाडौँ महागरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले सोमबार राति सामाजिक सञ्जालमा एउटा कविता लेखेका छन्। 

‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’बाट कविता सुरु गरेका उनले छैटौँ हरफमा किसानलाई ‘फोहोरी’का रूपमा प्रस्तुत गरेपछि आलोचना भइरहेको छ। 

सामाजिक सञ्जालमा श्रमिक, किसान, मजदुरप्रति उनको धारणा पहिलेदेखि नकारात्मक छ भनेर टिप्पणी भइरहेको छ। 

यस्तो छ उनको कविता-

सत्यको कुनै एउटा पहिचान

कुनै नाम हुँदैन।

मिथ्याजस्तो ठूलो अभिमान,

कुनै शान हुँदैन।

जलझैँ शीतल, फूलझैँ कोमल,

सुन न पित्तल, किसानझैँ फोहर।

आकाशझैँ विशाल,

स्पर्शझैँ सूक्ष्म,

सगरमाथाझैँ हिमाल,

थोपाझैँ पूर्ण।

सत्यको कुनै दाम हुँदैन,

सत्यको दुवै कान हुँदैन ,

समर्पण हुन्छ , दान हुँदैन ,

कुनै एउटा पहिचान,

कुनै एउटा काम हुँदैन, नाम हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad