कला


‘माइतीघर’का निर्देशक तामाङले फिल्म ‘कहाँ भेटिएला’ बनाउने

‘माइतीघर’का निर्देशक तामाङले फिल्म  ‘कहाँ भेटिएला’ बनाउने

नेपालखबर
असोज २८, २०८२ मंगलबार १२:५६, काठमाडौँ

‘माइतीघर’का निर्देशक मिलन तामाङले नयाँ फिल्म ‘कहाँ भेटिएला’ निर्माण गर्ने घोषणा गरेका छन्। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। 

फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने छ। छायांकन जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। यसैबीच, फिल्मका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई छ। यस फिल्मको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन।

यस फिल्ममा को को कलाकार र प्राविधिक रहन्छन् भन्ने बारेमा पनि निर्देशक तामाङले बताएका छैनन्। उनले केहि दिनपछि फिल्मको सम्पुर्ण जानकारी दिने बताए।

‘अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ। केहि दिनमा फिल्मको कलाकार र प्राविधिकहरुको बारेमा जानकारी दिदै जानेछौँ,’उनले भने। 

निर्माण पक्षले फिल्मका कलाकारको नाम नखुलाएपनि चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिँदा कलाकारहरूमा केदार घिमिरे, धीरज मगर, बुद्धि तामाङ, श्यामाश्री शेर्पा लगायतको नाम राखिएको छ।

यी चार कलाकारसँग मिलनले ‘माइतीघर’मा काम गरिसकेका छन् । निर्देशक तामाङले ‘माइतीघर’बाट पहिलोपटक निर्देशन यात्रा सुरु गरेका थिए, जुन फिल्मले दर्शकको प्रशंसा पाइरहेको छ। 

१६ वर्षअघि यसै नामबाट स्वर्गीय निर्देशक शिव रेग्मीले बनाएका थिए। जसमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको मुख्य अभिनय थियो। 


 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad