आगामी कात्तिक ६ गतेबाट रिलिज हुने फिल्म ‘वरिष्ठ बलराम’ यतिबेला चर्चामा छ। चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जितिरहेको छ।
‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले टिकटकदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५३ लाखभन्दा बढी भ्युज पाइसकेको छ।
सार्वजनिक गीतमा युगल जोडीको भूमिकामा विजय बराल र समृद्धि अर्याल छन्।धेरै दर्शकहरूले गीत र नृत्य दुवैको खुलेर प्रशंसा गर्दै चलचित्रको सफलताको कामना गरेका छन् ।
चलचित्रको ट्रेलरमा दयाहाङ राई र विजय बरालको टकराबलाई दर्शकले मन पराएको पाइएको छ ।
दयाहाङको फरक गेटअपसँगै दयाहाङ र विजयको अभिनयको युट्युबमा ट्रेलर हेर्ने दर्शकले तारिफ गरिरहेका छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेर आफ्नो अधिपत्य खडा गर्न खोज्दा दयाहाङ र विजयबीच देखिएको टकराबलाई रुचाएको पाइएको छ ।
गीत र ट्रेलरले बटुलेको लोकप्रियता हेर्दा ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। यस फिल्ममा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
81
Shares

प्रतिक्रिया