कला


अनमोल स्टारर 'जेरी अन टप'को अग्रिम बुकिङ खुला

अनमोल स्टारर 'जेरी अन टप'को अग्रिम बुकिङ खुला

नेपालखबर
असोज २८, २०८२ मंगलबार १७:१७, काठमाडौँ

अभिनेता अनमोल केसी झण्डै डेढ वर्षपछि पर्दामा आउँदैछन्। अनमोल अभिनित फिल्म 'जेरी अन टप' यहि शुक्रबार (असोज ३१)बाट रिलिज हुँदैछ। केहि हलहरूले फिल्मको बुकिङ खुलाइसकेका छन् ।

एफक्यूव सिनेमाले सोमबार साँझ नै यो फिल्मको बुकिङ ओपन गरिसकेको छ। एफक्यूवले वेभसाइटमा 'जेरी अन टप'को अग्रिम बुकिङ खुला गरेको २४ घण्टा नबित्दै दर्शकबाट उच्च माग भएपछि शोज थप गरेको छ ।

सोमबार एफक्यूवले यो फिल्मलाई ५ शोज उपलब्ध गराएको थियो भने मंगलबार बिहान थप एक शोज प्लस गरेर ६ शोज बनाएको छ । यस्तै फिल्मको उच्च माग भएपछि विर्तामोडस्थित पाथिभरा हलले समेत सुरूमै शोज थपेको छ। ३ शोजबाट ४ शोज बनाएको छ ।

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले बुकिङ खोलिसकेको छ। साथै केही हलहरूमा भने बुकिङ खोल्ने तरिकामा छ। दोस्रो ठूलो चेन आइएनआइ सिनेमाले क्रमिक बुकिङ ओपन गर्दैछ भने आइप्लेक्स हलले कालिमाटीमा ५ शोज र बानेश्वरमा ७ शोज उपलब्ध गराइसकेको छ । 

फिल्मका वितरक करण श्रेष्ठले पछिल्लो एकवर्ष यता दर्शक र हलहरूबाट सर्वाधिक माग भएको फिल्म 'जेरी अन टप' रहेको बताए ।

सुयोग गुरुङको निर्देशित यस फिल्ममाअनमोलसहित अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ अभिनयमा छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्त प्रमुख अभिनयमा छन्। अनन्या फिल्मस्'को ब्यानरमा तयार यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्। 

दुलिप रेग्मीको सिनेमाटोग्राफी रहेको फिल्म निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविस्य खड्काले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad