चर्चित भारतीय सिरियल ‘महाभारत’ मा कर्णको भूमिकामा देखिएका अभसनेता पंकज धीरको निधन भएको छ। भारतीय समाचार माध्यमअनुसार हिजो बुधबार धीरको ६८ वर्षको उमेरमा निधन भएको हो।
पंकज लामो समयदेखि क्यान्सरबाट पीडित थिए। केही समय निको भएपनि उनी पछिल्लो समय पटकपटक अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
‘महाभारत’ सहित पंकजले थुप्रै हिन्दी फिल्म र टेलिभिजन श्रृंखलामा अभिनय गरिसकेका छन्। यद्धपी, उनी कर्णको भूमिकाबाट बढी चर्चित छन्।
चन्द्रकान्ता, द ग्रेट मराठा, युग लगायतका सिरियलमा देखिएका उनी सडक, सोल्जर र बादशाह लगायतका फिल्म समेत अभिनय गरिसकेका छन्। उनका श्रीमती अनीतासहित र एक छोरा निकितिन छन्।
84
Shares

प्रतिक्रिया