कला


‘धागो’को गीत ‘मेरो सम्झना’ मा सुरक्षा र प्रभातबीच भावनात्मक कथा

‘धागो’को गीत ‘मेरो सम्झना’ मा सुरक्षा र प्रभातबीच भावनात्मक कथा

नेपालखबर
असोज ३०, २०८२ बिहिबार २१:१७, काठमाडौँ

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'धागो’को दोस्रो गीत ‘मेरो सम्झना’  सार्वजनिक गरिएको छ। सार्वजनिक गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ।

गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्।

गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडिओमा चलचित्रका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ।

गीतले चलचित्रको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ।

यो फिल्म आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको हो। यसको निर्देशन उदिप राणा थापाले गरेका हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको यस चलचित्रमा निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्माता हुन् भने अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन्।

चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेको छ। चलचित्रमा सुरक्षा पन्त र प्रभात थापासँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, र पप्पु विश्वकर्मालगायतका कलाकारको अभिनय समावेश छ। अभिनेत्री वर्षा राउतले विशेष केमियो भूमिकामा देखिनेछिन्।

छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ, र ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad