कला


कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार

कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार

नेपालखबर
असोज ३०, २०८२ बिहिबार २०:३८, काठमाडौँ

भारतीय हास्य कलाकार कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार गरिएको छ। 

क्यानडाको सरीमा रहेको उनको क्याफेमा चार महिनाभित्र तेस्रोपटक गोली हानिएको हो। 

एनडीटीभीको रिपोर्टअनुसार गुन्डा गोल्डी ढिल्लन र कुलदीप सिद्धुले सामाजिक सञ्जालमा आक्रमणको जिम्मा लिएका छन्। दुवै लरेन्स बिश्नोई ग्याङका हुन्। 

यसअघि शर्माको क्याफेमा गत जुलाई १० र अगस्ट ८ मा गोली प्रहार गरिएको थियो। तर मानिसलाई केही भएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad