अनमोलको केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ।
२ सयभन्दा बढी शोसहित यो फिल्म आजबाट हलमा लागेको हो।
‘फर्की फर्की’ पछि १६ महिनापछि अनमोल पर्दामा देखिन लागेका हुन्।
अघिल्लो चर्चित ब्रान्डको फिल्म र लामो समयपछि देखिन थालेका कारण ‘जेरी अन टप’ थप चर्चामा छ। सुयोग गुरुङको निर्देशित यस फिल्ममाअनमोलसहित अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ पनि मुख्य भूमिकामा छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्त प्रमुख अभिनय छ।
अनन्या फिल्मस्को ब्यानरमा तयार यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।
हेमराज बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्।
दुलिप रेग्मीको सिनेमाटोग्राफी रहेको फिल्म निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविस्य खड्काले साझेदारी गरेका छन्।
Shares

प्रतिक्रिया