निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा फिल्म ‘कस्तुरी’ बन्ने भएको छ। आइतबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैं फिल्म निर्माणको घोषणा गरेको हो।
ऋत बोहोराको कथा र निर्देशन रहने यो फिल्ममा सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो। उनका अनुसार यस फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिने छ। फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराको भनाई छ।
यस फिल्ममा निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलो पटक पर्दा सेयर गर्ने थालेका हुन्। फिल्ममा निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय रहनेछ। अन्य कलाकार र प्राविधिक टोलीको छनोट जारी छ। यस फिल्मलाई ब्रजेश खनालले लेखेका छन्। निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्। छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सह–निर्देशन ललित बिष्टको जिम्मामा हुनेछ।
निर्माण पक्षका अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ भने डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन पनि छिट्टै टुंगो लगाइने निर्माण पक्षले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया