समाज


स्वास्थ्य मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१४ करोड बढी बिगो दाबी
स्वास्थ्य मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १३:४५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। 

मिश्रा सुशीला कार्की नेतृत्वको सरकारको स्वास्थ्यमन्त्रीमा चर्चा भएपनि अन्तिम समयमा नाम फिर्ता गरिएको थियो। मन्त्री बन्नैका लागि उनले राजीनामा दिएकी थिइन्। 

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा श्रेष्ठसहितले म्यामोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। लागत अनुमान तयार गर्दादेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनीयत राखी सम्पूर्ण सामाग्री आएको भनि गलत पीडीआई रिपोर्ट, गलत दाखिला प्रतिवेदन, झुटा बिल बिजक लगायत तयार गरी भुक्तानी दिएको आरोप मिश्रामाथि छ। 

मिश्रससहितका प्रतिवादीविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो कायम गरिएको छ।

अन्य प्रतिवादीहरुमा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, स्वास्थ्य सेवा विभागका निर्देशक डा. विवेक कुमार लाल, स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले, स्वास्थ्य सेवा विभागका कानुन अधिकृत सीता घिमिरे, स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी रहेका छन्। 

स्वास्थ्य सेवा विभागका तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, स्वास्थ्य सेवा विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, स्वास्थ्य सेवा विभागका लेखापाल तिलकराम ढकाल, स्वास्थ्य सेवा विभागका बायोमेडिकल ईन्जिनियर आशिष चौहान, स्वास्थ्य सेवा विभागका तत्कालीन बायोमेडिकल ईन्जिनियर पध्मा मिश्र, स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरिक्षक संजयकुमार साह, म्याक्सिम ईन्कर्पोरेसन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसाललाई पनि प्रतिवादी बनाइएको छ। 

उनीहरुको सामूहिक बिगो कायम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad