कला


एलिना चौहानको सुझाव: मायाभन्दा ठूलो जिन्दगी हो, नितुजस्तो कहिल्यै नबनौँ

एलिना चौहानको सुझाव: मायाभन्दा ठूलो जिन्दगी हो, नितुजस्तो कहिल्यै नबनौँ

गायिका नितु पौडेल


नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १९:३०, काठमाडौँ

गायिका एलिना चौहानले प्रेममा गायिका नितु पौडेलजस्तो नबन्न सुझाव दिएकी छन्। 

गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीसँग प्रेम सम्बन्धमा रहेकी गायिका नितुले अघिल्लो शनिबार अनामनगरस्थित स्टुडिओमै आत्मदाहको प्रयास गरेकी थिइन्।

आफैँमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्‍याए पनि उपचारका क्रममा गत शुक्रबार बिहान उनको मृत्यु भयो भने आज (शनिबार) पशुपति आर्यघाटमा अन्त्येष्टि पनि भइसकेको छ। 

गायिका नितु पौडेलकाे परिवारले दिएको आत्महत्या दुरुत्साहन जाहेरीका आधारमा काठमाडौँ जिल्ला प्रहरी परिसरले गायक बाबुललाई गत शुक्रबार नै पक्राउ पनि गरिसकेको छ।

यसैबीच गायिका चौहानले प्रेम आगो भएको उल्लेख गर्दै यसले मन मात्र नभएर कहिलकाहीँ शरीर पनि जलाउने बताएकी छन्। तर मायाभन्दा जीवन ठूलो भएकाले नितुको जस्तो निर्णय नगर्न सम्बन्धित सबैलाई आग्रह गरेकी छन्। 

‘माया खेल होइन, आगो हो, जसले जलाउँछ- शरीर पनि, मन पनि। माया सुन्दर हुन्छ, तर जब त्यो अन्धो बन्छ, त्यसले जीवन नै लिन्छ’, एलिना सामाजिक सञ्जालमा लेख्छिन्, ‘हो, नितुले गल्ती गरिन्। जिन्दगीभन्दा ठूलो माया सोचिन्, आफूलाई जलाइन्। मायाभन्दा ठूलो जिन्दगी हो, नितुजस्तो कहिल्यै नबनौँ।’

यस सम्बन्धमा यस्तो छ एलिनाको पूरा कुरा-

माया खेल होइन, आगो हो, जसले जलाउँछ- शरीर पनि, मन पनि। माया सुन्दर हुन्छ, तर जब त्यो अन्धो बन्छ, त्यसले जीवन नै लिन्छ। 

हो, नितुले गल्ती गरिन् ।

जिन्दगीभन्दा ठूलो माया सोचिन्, आफूलाई जलाइन्।

तर उनी मात्र दोषी होइनन्…

उनलाई मर्न बाध्य बनाउने हरेक व्यक्ति, हरेक मौन दर्शक पनि दोषी छन्। कसैको भावनासँग खेल्नेहरूलाई थाहा होस्- तिमीहरूको धोका र बेवास्ताले कसैको जीवन नलियोस्। मायाभन्दा ठूलो जिन्दगी हो, नितुजस्तो कहिल्यै नबनौँ।

नितुको आत्माले शान्ति पाओस्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad