कला


‘जारी २’ को ट्रेलरमा दयाहाङ र मिरुनाको वैवाहिक सम्बन्धमा आउने उतारचडावको कथा

‘जारी २’ को ट्रेलरमा दयाहाङ र मिरुनाको वैवाहिक सम्बन्धमा आउने उतारचडावको कथा

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १६:४१, काठमाडौँ

उपेन्द्र सुब्बा निर्देशित बहुप्रतिक्षित फिल्म ‘जारी २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको वैवाहिक सम्बन्ध वरिपरि घुमेको छ। 

नाम्साङ र उनकी पत्नी हाङमाको विवाहित जीवनको नयाँ पाटोलाई टिजरले समेटेको छ। छोरीको जन्मपछि यी दुबैको सम्बन्धमा आउने उतारचडावको कथा ट्रेलरमा छ। ट्रेलरमा दयाहाङ र मिरुनाको घरझगडालाई देखाइएको छ।

यो चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो। टिजरमा अघिल्लो श्रृंखलाको कथाले निरन्तरता पाएको छ। 

दोस्रो श्रृंखलाको टाइटल ‘सङ अफ च्याब्रुङ’ राखिएको छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्। यस फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन्। यो फिल्म आउँदो कात्तिक २१ गतेबाट प्रदर्शन हुँदैछ।

यस फिल्ममा दया र मिरुनासहित विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad