कला


‘थामा’ को लागि रश्मिकाले गरेकी थिइन् १२ घण्टाको सुटिङ सिफ्ट

‘थामा’  को लागि रश्मिकाले गरेकी थिइन् १२ घण्टाको सुटिङ सिफ्ट

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १२:३९, काठमाडौँ

आयुष्मान खुराना र रश्मिका मन्दाना अभिनीत भारतीय फिल्म ‘थामा’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले १२ दिनमा घरेलु बक्सअफिसमा ११६ करोड भारतीय रुपैयाँ कमाएको छ।

फिल्मका निर्देशक आदित्य सरपोतदारले रश्मिकाबारे एक खुलासा गरेका छन्। उनले रश्मिकाले फिल्मको छायांकनको क्रममा बिना कुनै गुनासो १२ घण्टा लगातार काम गरेको बताएका हुन्।

रश्मिकाको बारेमा कुरा गर्दै आदित्यले भने, ‘रश्मिका दिनको १२ घण्टा काम गर्थिन्। उनले कहिल्यै पनि आफूलाई थाकेको भनेकी थिइनन्। सायद उनी आफ्नो करियरको त्यस्तो चरणमा छिन् जहाँ उनी त्यो गर्न सक्छिन्, तर यो नियम सबैमा लागू हुनु हुँदैन। मलाई विश्वास छ कि अभिनेता र निर्देशकहरू कुनै कुरामा सहमत भएमा मात्र सँगै काम गर्नुपर्छ।’

१२ घण्टाको सिफ्ट उपयुक्त र व्यवहारिक भएको बताउँदै त्योभन्दा बढी काम गर्नु गलत रहेको उनले प्रष्ट पारे। तर, उनले मानिसहरूले दीपिकाको ८ घण्टाको शिफ्टको माग बुझ्नु पर्ने तर्क राखे। उनले भने, ‘एक कलाकारको रूपमा, क्यामेरामा राम्रो देखिनु महत्त्वपूर्ण छ। हामीले यो माग कहाँबाट आयो र किन गरिँदैछ भनेर बुझ्नुपर्छ। दीपिकाले यो पहल गरेकी छिन्, त्यसैले यसको पछाडिको तर्क बुझ्नु महत्त्वपूर्ण छ। बिना सोचविचार बयान दिनु ठीक होइन।’

हालै, एक अन्तर्वार्तामा रश्मिकालाई निश्चित काम गर्ने घण्टाको बारेमा सोधिएको थियो। जवाफमा रश्मिकाले भनिन्, ‘काम गर्ने समय कसरी निर्धारण गर्ने भन्ने बारेमा टोलीमा छलफल हुनुपर्छ। र, यो व्यक्तिगत प्राथमिकताको कुरा हो भन्ने कुरा पनि निर्णय गर्नुपर्छ।’

पछिल्ला केही महिनादेखि फिल्म उद्योगमा काम गर्ने घण्टाको बारेमा बहस चलिरहेको छ। यो छलफल दीपिका पादुकोण सन्दीप रेड्डी वांगाको फिल्म ‘स्प्रिट’ बाट बाहिरिएपछि सुरु भएको हो।

दीपिकाको मागमा आठ घण्टाको सिफ्ट, ठूलो पारिश्रमिक, नाफाको हिस्सा र कुनै तेलुगु संवाद नभएको बताइएको छ। दीपिका सेप्टेम्बर २०२४ मा आमा बनिसकेकी छिन्। त्यसैले उनले हप्ताको पाँच दिन मात्र आठ घण्टाको सिफ्ट चाहेको बताइएको छ। सन्दीप यी सबै मागहरूबाट असन्तुष्ट थिए, जसले गर्दा उनलाई फिल्मबाट हटाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad