कला


‘मन बिनाको धन’ लाई कम सो, निर्देशकको असन्तुष्टि

‘मन बिनाको धन’ लाई कम सो, निर्देशकको असन्तुष्टि

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १२:५६, काठमाडौँ

भोलि शुक्रबारबाट ‘जारी २’ सँगै बाल गायक अशोक दर्जीको बायोपिक फिल्म ‘मन बिनाको धन’ रिलिज हुँदैछ।‘मन बिनाको धन’ देशभरका हलहरूमा अपेक्षित शो नपाएपछि यसका निर्देशक टंक बुढाथोकीले असन्तुष्टि व्यक्त गरेका छन्। 

आज बिहिबार उनले फेसबुकमा स्टाट्स लेख्दै हल सञ्चालकहरूले आफ्नो फिल्मलाई नपत्याएको गुनासो गर्दै आफूलाई हराउन धेरै लागिपरेको उल्लेख गरेका छन्।  

‘म हार्दैछु, मलाई हराउन धेरै लागे, सधैं लागे। ठीकै छ। सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’लाई नपत्याए पनि हामीलाई हजुरहरूले पत्याउनु भएको छ। भोलिबाट प्रदर्शन हुने हाम्रो फिल्मको शो एकदमै कम दिने, कतिपय ठाउँमा नदिने निर्णयले दुःख लागेको छ। म हार्दैछु, मसँगै अशोकले पनि हार्दैछन्,’उनले लेखेका छन्। 

बिहीबार बिहानसम्म ‘मन बिनाको धन’ले देशव्यापी ५२ शो पाएको छ।  सिक्वेल फिल्म ‘जारी २’ ले भने हलहरूबाट ठूलो संख्यामा सो पाएको छ। जसले गर्दा ‘मन बिनाको धन’ शो बाँडफाँटमा चेपुवामा परेको छ। 

यस फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन्। फिल्ममा अशोक र टंकसहित सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, एआर बुढाथोकी, बिना राउत, उत्सव सापकोटा लगायतको छ। 

फिल्ममा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad