युवापुस्तामाझ चर्चित गायक सुशान्त केसीले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ। उनी कलानी गाकोन निर्देशित फिल्म ‘यस्तै रैछ’ मा देखिनेछन्।
नेपालमा बस्दै आएका अस्ट्रेलियाली फिल्म निर्देशक कलानी गाकोनको यस फिल्ममा सुशान्तसहित बर्लिनमा विश्व प्रिमियर भएको फिल्म ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोको मुख्य भूमिकामा छन्।
छोटो फिल्म ‘यस्तै रैछ’को टिजर सार्वजनिक गरिएको छ। टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ। नदी किनारमा बसेर प्रेमिल गफ गरिरहेका दुई युवायुवतीको संवादलाई प्रस्तुत गरिएको छ। टिजरमा पनि सुशान्तको डेब्यू अभिनय फिल्म रहेको उल्लेख गरिएको छ ।
टिजर सेयर गर्दै सुशान्तले फेसबु्कमा लेखेका छन्, ‘यस्तै रैछको कथा एउटा म्युजिक भिडियोको रूपमा सुरु भएको थियो, तर यसमा धेरै मन अडिएको थियो। त्यसैले हामीले एउटा फिल्म पनि बनायौं। अविश्वसनीय रूपमा प्रतिभाशाली थिन्ले ल्हामोसँग स्क्रिन साझा गर्न पाउँदा आभारी छु ।’
यो फिल्मको निर्माण एसकेसी स्टुडियोले गरेको हो। जुन सुशान्त केसीको फिल्म कम्पनी हो ।
Shares

प्रतिक्रिया