बलिउड अभिनेता धर्मेन्द्रलाई मुम्बईको ब्रिच क्यान्डी अस्पतालबाट घर लगिएको छ।
श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो।
धर्मेन्द्रको उपचारमा खटिएकामध्ये एक डा. प्रतीक समदानीले धर्मेन्द्रलाई बुधबार बिहान ब्रिच क्यान्डी अस्पतालबाट घर लगिएको बताएका छन्।
बीबीसी हिन्दीका अनुसार धर्मेन्द्रको अवस्था अझै गम्भीर छ वा राम्रो छ भनेर सोध्दा डा. समदानीले भने, ‘म यो भन्दा बढी केही भन्न सक्दिनँ र उनलाई लैजाने निर्णय परिवारको थियो।’
यसअघि मंगलबार धर्मेन्द्रका छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले सञ्चारमाध्यमले उनको "मृत्यु" भएको भनी गलत समाचार दिएको भन्दै आपत्ति जनाएका थिए।
1.0k
Shares

प्रतिक्रिया