यतिखेर राम चरण अभिनीत भारतीय फिल्म ‘पेड्डी’ को गीत ‘चिकिरी चिकिरी’ विश्वव्यापी रूपमा छाएको छ।
यस गीतमा रामचरणको स्टेपलाई कपी गरेर नाच्ने ट्रेन्ड चलिरहेको छ। यसै ट्रेन्डलाई फलो गर्दै नेपालमा पनि धेरैले टिकटक र रिल्स भिडिओ बनाइरहेका छन्।
यसैबीच, चर्चित मोडल तथा डान्सर आश्मा विश्वकर्माले बनाएको भिडिओ चर्चामा छ। गीतमा आश्माको पहिरनदेखि हाउभाउ र नृत्यले विश्वभरिका दर्शकको ध्यान खिचिरहेको छ।
उनले फेसबुकमा सार्वजनिक गरेको भिडिओलाई १ करोड २० लाख बढीले हेरिसकेका छन्। त्यस्तै, टिकटमा पनि उक्त भिडिओलाई ६४ लाख पटक हेरिएको छ। साथै भिडिओमा थुप्रै सेलिब्रेटीले समेत प्रशंसा गरेर कमेन्ट लेखेका छन्।
‘चिकिरी चिकिरी’ मा गीतमा एआर रहमानको संगीत र मोहित चौहानको स्वर रहेको छ।
360
Shares

प्रतिक्रिया