‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीले नयाँ फिल्मको घोषणा गरेका छन्। शनिबार हैदराबादको रामोजी फिल्म सिटीमा आयोजित कार्यक्रमबीच उनले ‘वाराणसी’ शीर्षकमा फिल्म घोषणा गरेका हुन्।
कार्यक्रममा फिल्मका मुख्य कलाकार महेश बाबु, प्रियंका चोपडा जोनस र पृथ्वीराज सुकुमारन लगायतको उपस्थिति थियो।
फिल्मको घोषणा भिडिओमा अभिनेता महेश बाबुलाई प्रस्तुत गरिएको छ। जहाँ उनी रुद्रको भूमिकामा देखिएका छन्। रगतले लतपतिएको साँढेमा सवार भई हातमा त्रिशूल लिएको मुद्रामा उनी देखिन्छन्। त्यसपछि स्क्रिनमा शीर्षक देखा पर्दछ, जसले सबैको ध्यान खिच्छ।
यो राजामौलीको महेश बाबुसँगको पहिलो फिल्म हो । प्रियंका चोपडा पनि सन् २०२१ को ‘द स्काई इज पिंक’ पछि भारतीय फिल्ममा पुनरागमन गर्दैछिन्।
यो फिल्म जनवरी २०२७ मा विश्वभरका सिनेमा हलहरूमा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया