कला


अभिनेत्री साम्राज्ञीले इन्गेजमेन्ट गरेका युवक को हुन्?

अभिनेत्री साम्राज्ञीले इन्गेजमेन्ट गरेका युवक को हुन्?

नेपालखबर
मंसिर २, २०८२ मंगलबार २१:२४, काठमाडौँ

मंगलबार अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले जन्मदिनको अवसरमा दर्शकहरूलाई ठूलो सप्राइज दिइन्। कुनै अफेयरको हल्ला नचलेको बेला उनले इन्गेजमेन्ट गरेको खुलासा गरिन्। इन्गेजमेन्टको तस्विरसहित प्रेमिल कविता समेत लेखिन्। 

तस्विरहरूमा ‘एस एन्ड बी ’ उल्लेख गरिएको देखिन्छ। यद्धपी, उनले आफ्ना  दुलाहाबारे केही जानकारी गराएकी छैनन्।  जसले उनले इन्गेजमेन्ट गरेका व्यक्ति को हुन् भन्ने कौतहलता छ। 

उनले इन्गेजमेन्ट गरेका व्यक्ति विशाल खरेल हुन्। अमेरिकामा बस्दै आएका विशाल मोडल तथा अभिनेता समेत हुन्। उनले फिल्म म्युजिक भिडिओमा समेत अभिनय गरिसकेका छन्।

विशाल ‘प्रेम दिवस ’ मा मुख्य भूमिकामा देखिएका थिए। त्यस्तै, उनले साम्राज्ञीसँग दुइवटा म्युजिक भिडिओमा समेत स्क्रिन सेयर गरिसकेका छन्। हारेँ हारेँ र मालती बोलको म्युजिक भिडिओमा सहकार्य गरेका उनीहरू सुटिङकै क्रममा नजिक भएको बुझिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad