कला


‘पीआर’ को लागि अस्ट्रेलिया उडे शोभित बस्नेत

‘पीआर’ को लागि अस्ट्रेलिया उडे शोभित बस्नेत

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १५:१०, काठमाडौँ

 फिल्म ‘पीआर’ निर्देशक शोभित बस्नेत अस्ट्रेलिया उडेका छन्। उनले मंगलबार एक पत्रकार सम्मेलन गर्दै फिल्म रिलिजको लागि आफु अस्ट्रेलिया र न्युजिल्याण्ड उड्न लागेको सुनाए। 

अस्ट्रेलिया मात्र नभएर न्युजिल्याण्डमा पनि बक्स अफिसमार्फत नै फिल्म प्रदर्शन गर्न लागेको बताए। उनले त्यसैको चाँजोपाँजो मिलाउन आफु जान लागेको जानकारी दिए।

‘म अहिले अस्ट्रेलिया र न्युजल्याण्ड जाँदै छु,यहि ‘पिआर’को सम्बन्धमा,’उनले भने,‘१०–१२ दिनको लागि। न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै फिल्म लगाउ भनेर त्यसैको तयारीमा म निस्किन लागेको हो।’

उनले तीन महिनाअघि  नै अस्ट्रेलियाका विभिन्न सहरमा यो फिल्म प्रदर्शन गरिसकेका छन्। जहाँ यो फिल्मलाई हेरेका दर्शकले आफ्नै घरको कथा भएको प्रतिक्रिया दिएका थिए।

उनले थपे,‘अस्ट्रेलिया,न्युजिल्याण्डपछि पोर्चुगल लगायत देशमा पनि यो फिल्म प्रदर्शनका लागि तयारी भइरहेको छ। यो बाहेक अन्य देशमा पनि केहि दिनमा नै फिल्म प्रदर्शनको टुङ्गो लाग्नेछ।’

शोभित बस्नेतले आफ्नै घरको कथा हेरेर अरुको कथा भन्नका लागि पीआर तयार पारेको बताए। ‘एक त मैले छोरी (सलिना)बाट नै पीआरको कथा पाएको हो। जब एउटा बच्चा विदेश जाँदा हामी बाउआमा नेपालमा बसेर हाम्रो दिमागमा के हुन्छ भने हरेक अष्ट्रेलिया,क्यानडा,जापानमा पैसाको रुख फल्छ। र त्यो पैसा टिपेर हामीलाई पठाउनु पर्यो भन्ने सोच हुन्थ्यो। मलाई पनि हुन्थ्यो। जब मलाई थाहा भयो कि होइन रहेछ,’उनले भने। 

उनले आफ्नो छोरी अष्ट्रेलिया जाँदा र आफु पनि त्यहाँ पुगेर हेर्दा पैसा बोटमा हैन रहेछ। मेहनतले मात्रै हुने रहेछ भन्ने देखेको र सोही कथालाई आफुले फिल्म ‘पीआर’मार्फत भन्न लागेको बताए। उनी आफ्नो फिल्म ‘पीआर’नेपाली दर्शकले मन पराइदिनेमा ढुक्क देखिए।

उनी विदेशको विभिन्न हलमा आफ्नो फिल्म प्रदर्शनका लागि व्यापाक लागेका छन्। उनले जापानको प्रदर्शन अधिकार सोल्ट आउट नै भइसकेको बताए।  यहि मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रचारप्रसारका लागि केहि दिनमा नै नेपाल फर्कने बताए।

नेपाली चलचित्र ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो। फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्। फिल्ममा गणेश बुढाथोकीले लेखन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad