नेपालले अर्को साता खेल्ने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छन्।
बेलायतमा रहेकी एञ्जिला बुधबार नेपाल आइपुगेकी हुन्। मैत्रीपूर्ण खेलका लागि प्रिती राई पनि केही दिनमा नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघले जनाएको छ।
नेपालले अर्को साता इन्डोनेसिया र चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्दै छ। मैत्रीपूर्ण फुटबल प्रतियोगिता नोभेम्बर २६ देखि ३ डिसेम्बरसम्म इन्डोनेसियामा हुँदै छ।
6
Shares

प्रतिक्रिया