मृत्युको हल्लाबीच नोभेम्बर १२ मा बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए। यसैबीच, अस्वस्थताका कारण लामो समयसम्म अस्पताल बसेपछि घर फर्किएका धर्मेन्द्रको स्वास्थ्यको बारेमा नयाँ अपडेट आएको छ।
लगभग आठ दिन घरमै उपचार गराएपछि अब धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएको हो। एनडीटीभीको रिपोर्ट अनुसार, धर्मेन्द्र हाल पहिले भन्दा राम्रो अवस्थामा रहेको बताइएको छ।
उनको स्वास्थ्यमा बिस्तारै सुधार हुँदैछ, जुन उनका प्रशंसकहरू र परिवारका लागि खुसीको खबर हो। यद्यपि, उनलाई पूर्ण रूपमा निको हुन केही समय लाग्न सक्छ। यो धर्मेन्द्रको स्वास्थ्यको बारेमा पछिल्लो रिपोर्ट हो।
नोभेम्बर १० मा धर्मेन्द्रको स्वास्थ्य बिग्रिएको थियो। उपचारकै क्रममा उनको मृत्युको खबर फैलिएको थियो। यद्यपि, धर्मेन्द्रकी श्रीमती हेमा मालिनी र छोरी आइशा देओलले तुरुन्तै यो खबरलाई अस्वीकार गरे। त्यसपछि, ब्रीच क्यान्डी अस्पतालका डाक्टरहरूको टोलीले पनि धर्मेन्द्रको स्वास्थ्यमा सुधार भइरहेको बताए।
Shares

प्रतिक्रिया