मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अपुर्भ तामाङ्गको शब्द र स्वर रहेको छ। मनिष गुरुङ्गले संगीत भरेका छन्।
'जी.टु.वान डिजिटल'को प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सिरिज 'टिन स्पिरिट'लाई जीवन स्वार र सुनिल गुरुङ्गले निर्देशन गरेका हुन् । सम्पादन भने हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्कीले गरेका हुन् ।
सिरिजमा मलिकासहित लक्ष्य तामाङ्ग, अनुशा बायुङ्ग राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय छ।
'टिन स्पिरिट'को निर्माताको रूपमा असीम शाह रहेका छन्। सिरिजको कथा सुनिल गुरुङ्गले लेखेका हुन्। सिरिजका कार्यकारी निर्माता विशाल शर्मा हुन् भने आसिफ शाह क्रीयटिभ डाइरेक्टरको रूपमा रहेका छन्। सिरिजलाई नकुल सुनुवारले खिचेका हुन्।
Shares

प्रतिक्रिया