कला


नाच्न नजान्ने स्वीकार्दै खगेन्द्रले भने: दयाहाङ त मेरो डान्स गुरु हो

नाच्न नजान्ने स्वीकार्दै खगेन्द्रले भने: दयाहाङ त मेरो डान्स गुरु हो

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १८:१२, काठमाडौँ

अभिनेता खगेन्द्र लामिछाने खासै नाच्न जान्दैनन्। जसकारण उनी नाच्नुपर्ने फिल्म छ भने काम गर्न गाह्रो मान्छन्।

यद्यपी, उनले ‘हर्ष’ को दुईवटा गीत ‘सिठ्ठी मार’ र ‘कुटु कुटु’ मा भने नृत्य गर्ने प्रयास गरेका छन्। उनले नृत्य गर्न असहज मानेको भिडिओमा देखिन्छ। जुन कुरा उनी स्वयमले पनि स्वीकारेका छन्।

बिहिबार फिल्म ‘हर्ष’ को पत्रकार सम्मेलन गरिएको थियो। जहाँ खगेन्द्रले आफूले नाच्न नजान्ने बताएका छन्। त्यसैले, अब आफूले फिल्ममा नाच्न प्रयास गर्न नहुने उनको तर्क छ।

‘मैले निर्देशक (एकता पौडेल) लाई पहिल्यै नाच्ने कुरा चाहिँ मलाई आउँदैन। नगराउँदा नै राम्रो हुन्छ भनेर भनेको थिएँ। तर, कलाकार भएर काम गरिसकेपछि निर्देशकले यस्तो गर्नुपर्‍यो भनेपछि गर्दिनँ भन्न पनि मिलेन। ठीकै छ एउटा नयाँ अनुभव पनि भयो। अब म नाच्नु हुँदै हुँदैन भन्ने झन् बढी थाहा पाएँ,’उनले भने।

आफूले कहिल्यै नृत्य सिक्न नसक्ने उनले बताए। ‘म जेजस्तो भए पनि डान्स चाहिँ सिक्दिनँ। मेरो बलबुतामा यो छैन। म जहिले पनि नयाँ फिल्मको अफर आउँदा स्क्रिप्ट र पारिश्रमिकभन्दा पनि सुरुमै नाच्नुपर्छ कि पर्दैन भनेर सोध्छु। गीत छैन भनेपछि मात्र अब कुरा गरौं भन्छु। हर्ष मा चाहिँ म कसरी झुक्किएँ थाहै पाइनँ।’

यसअघि अभिनेता दयाहाङ राईको कमजोर नृत्यको पनि आलोचना हुने गरेको थियो। अहिले भने उनको नृत्यमा निकै सुधार आइसकेको खगेन्द्र सुनाउँछन्। जसकारण दयाहाङलाई नृत्यमा आफ्नो गुरुनै मानेको बताउँछन् उनी।

कार्यक्रममा दयाहाङ राईले नृत्यमा धेरै सुधार गर्नुभयो, तपाईँले प्रयास नगर्ने? भनेर प्रश्न सोधिएको थियो। जवाफमा खगेन्द्रले भने, ‘अहिले त दयाले नाच्न सिकिसक्यो। उहाँ त मेरो डान्सको गुरु हो। विजय बरालले पनि ‘न्याउनी वनैमा’ गीतमा राम्रो नाचेको देख्दा खुसी लाग्यो। तर, म चाहिँ सक्दिनँ।’

‘हर्ष’ मा खगेन्द्रसहित वर्षा राउत मुख्य भूमिकामा छिन्। पारिवारिक कथावस्तुमा बनेको यस फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन्। यो फिल्म मंसीर १२ गतेदेखि रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad