‘मिस युनिभर्स २०२५’ को उपाधि मेक्सिकोकी फतिमा बोसले जितेकी छन्।
थाइल्यान्डमा सम्पन्न फिनालेमा २५ वर्षीया बोसले मिस युनिभर्सको ताज पहिरिएकी हुन्।
यसअघि फतिमा प्रतियोगिताका थाई निर्देशकले अपमानजनक ढंगले गाली गरेपछि चर्चामा थिइन्। जसका कारण विश्वको ध्यान तान्दै उनी प्रशंसकको मनपर्ने प्रतियोगी बनेकी थिइन्।
उक्त विवादमा बोसको समर्थनमा अन्य मुलुकका सुन्दरी प्रतियोगिताबाट बाहिरिएका थिए।
त्यसको एक सातापछि प्रतियोगिताका निर्णायकमध्ये दुई जनाले राजीनामासमेत दिए।
त्यसपछि यो प्रतियोगिता अगाडि बढेको थियो।
प्रतियोगितामा थाइल्यान्डकी प्रविनर सिंह दोस्रो बनेकी छन्। यस वर्षको प्रतियोगितमा १२० देशका प्रतिनिधि सहभागी थिए।
यस वर्षको ७४औँ संस्करणमा नेपाल भने अन्तिम ३० मा समेत अटाउन सकेन।
नेपालबाट सान्या अधिकारीले प्रतिनिधित्व गरेकी थिइन्।
नेपालको कमजोर सहभागिताबीच यसपटक नेसनल कस्ट्युमले पनि अपेक्षित चर्चा पाउन सकेन।
Shares

प्रतिक्रिया